आन्दोलनबारे मधेशी मोर्चाले अब अलग ढंगबाट सोच्छः महतो

काठमाडौ, चैत २५–एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाका घटक दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तिन दिने आमहडताल फिर्ता लिएको प्रति कडाआपति जनाएका छन् । उनले अब आन्दोलनको लागि मधेशी मोर्चाले अलग ढंगबाट सोच्ने बेला आएको बताए ।

प्रचण्ड र गच्छदारले धोका दिएको आरोप

राजधानीमा आज बिहान सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महतोले बारम्बार बन्दको घोषणा गर्नु र फिर्ता लिनुबाट जनतालाई दुख दिने काम भात्र भएको तर कुनै परिणाम निस्कन नसकेको बताए । आन्दोलन उत्कर्षमा पुग्न लागेको समयमा प्रचण्ड र विजयकुमार गच्छेदार मिलेर बन्द र्फिता लिएर अन्य दललाई धोका दिएको आरोप समेत लगाए ।
यसैबीच एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले अह्वान गरेको आमहड्ताल फिर्ता लिएको निर्णयप्रति मधेशी मोर्चाका अन्य घटक दलले पनि विरोध जनाएका छन् ।

Source: Rato Pati

Leave a Reply