केरा खानु का फाइदाहरु | Adding a banana to your daily diet has an array of benefits…

केराका फाइदाहरु | Adding a banana to your daily diet has an array of benefits…

Advantages of have banana daily

Adding a banana to your daily diet has an array of benefits…

देख्दा साधारण लाग्ने केराको गुण चाहिँ असाधारण हुन्छ । डिप्रेसनको समस्या होस् या मस्तिष्कलाई स्मार्ट बनाउने कुरामा होस्, केरा उपयोगी हुन्छ । केराले ह्यांगओभर हटाउन, बिहानीपख विसञ्जोपनको अनुभव हुने समस्या निदान गर्न सहयोग गर्छ । त्यसका साथसाथै, मृगौलाको क्यान्सर, डाइबिटिज, हड्डी खिइने समस्या र अन्धोपन रोक्न पनि केराले भूमिका खेल्ने अनुसन्धानकर्ताहरु बताउँछन् । कतिसम्म भने लामखुट्टेले टोकेको ठाउँमा केराको फल मा बोक्रा दल्ने हो भने तुरुन्तै चिलाइ मर्छ । केराको बोक्राले जुत्ता टल्काउन सकिन्छ ।

अझ पछिल्लो अनुसन्धानहरुले त कतिसम्म देखाएको छ भने केराको बोक्राले पानीमा हुने फलाम, तामा, जस्ता जस्ता स्वास्थ्यमा प्रतिकूल असर पार्ने खनिजहरुलाई छानेर पानी शुद्ध बनाउने काममा समेत उपयोग गर्न सकिन्छ । ल्युकोरिया, झाडा पखाला, दम, कब्जियत, आगोले पोलेको जास्ता समस्याहरुमा उपयोगी हुन्छ । तर खोकी र चिसो लागेको बेलामा भने केरा खानु हुँदैन । त्यसैगरी, कमजोर पाचन क्षमता भएकाले पनि केरा र दुधसंगै खानु हुँदैन ।

केराका फाइदाहरुलाई निम्नानुसार लिपिबद्ध गर्न सकिन्छ ः
* मांसपेशीको विकासको लागि निश्चित मात्रामा कार्बोहाइड्रेडको आवश्यकता पर्दछ । केराको नियिमित सेवनले त्यो आवश्यकता पूर्ति गर्छ ।

* केरामा पर्याप्त मात्रामा सजिलै पच्ने धुलनशील फाइबरहरु हुन्छन् । ती फाइबरहरुले कब्जियत हटाउन तथा हाम्रा पाचन प्रक्रियालाई नियमित गर्न एवं स्वस्थ राख्न मद्दत गर्छ ।

* केरामा पर्याप्त मात्रामा पोटासियम पाइन्छ । त्यसकारण केराले रगतलाई मस्तिष्कसम्म अक्सिजन पु¥याउन, हृदयको घड्कन नियमित गर्न र शरीरका पानीको मात्रालाई सन्तुलित राख्न मद्दत गर्छ ।

* केरा पच्नामा पनि सजिलो हुन्छ । फेरी नरम र खास चपाइ रहनु नपर्ने भएकोले यो दाँत नहुने केटा केटी तथा बुढाबढीले समेत खान सक्छन् । हुर्कदो उमेरमा बच्चाहरुका लागि केरा अति तागतिलो फल मानिन्छ । तौल कम भएका मान्छेले प्रति दिन एउटा केरा २०० मि.लि दूध संग एक महिना खायो भने उसको तौल बढ्ने कुरा अनुसन्धानहरुले देखाएका छन् ।

* केरामा भिटामीन बी६ पाइन्छ । यो भिटामिनले हाम्रो शरीरमा ग्लुकोजको मात्रालाई नियमित गर्न सहयोग गर्छ । साथसाथै यसले तनावको बेलामा तथा मनमस्तिष्क एवं मुडलाई सन्तुलित राख्न मद्दत गर्छ । यही भिटामीन कै कारण केराको सेवनले सुन्निने समस्या कम हुन्छ, डाइबिटिजबाट बचाउँछ, तौल कम गर्न मद्दत गर्छ, स्नायु प्रणालीलाई सुदृढ बनाइदिन्छ र शरीरमा रोगसँग लड्ने सेतो रक्तकोषको उत्पादनमा सहयोग पु¥याउँछ ।

* केरामा थरिथरिका भिटिामीन बी तथा मिनरलहरु पाइन्छन् । यी भिटामीन तथा मिनरलहरुले धूमपानका लत लागेकाहरुलाई धूमपान छोड्नका लागि भौतिक तथा मानसिक रुपमा पनि सहयोग पुग्ने अध्ययनहरुले देखाएको छ ।

* हाम्रो मुडलाई ठीक अवस्थामा राख्न ट्राइप्टोफान (Tryptophan) नामक तत्वले भूमिका निर्वाह गर्छ । मानिस स्वस्थ हुनका लागि अत्यावश्यक २२ थरि एमिनोएडिसहरुमध्येको एक प्रमुख तत्व ट्राइप्टोफान केरामा पनि पाइन्छ । हाम्रो शरीरले आफैं उत्पादन गर्न नसक्ने यो तत्व खानेकुरा हुँदै रगतको माध्यमबाट मस्तिष्कमा पुगेपछि सेरोटोनिनमा परिणत हुन्छ । हाम्रो मुडलाई ठीक अवस्थामा राख्ने र खुसी राख्ने मस्तिष्कको मुख्य न्यूरोट्रान्समिटर नै यही सेरोटोनिन (serotonin) हो ।

केरा खानु का फाइदाहरु

केरा खानु का फाइदाहरु

* केरा पोटासियमको भण्डार हो । यसले हाम्रो मस्तिष्कलाई चैतन्य राख्ने काम गर्छ । फलतः यसले छात्रछात्राहरुको अध्ययनमा पनि सहयोग पुर्याउँछ भन्दा फरक पर्दैन । विभिन्न अध्ययनहरुले के देखाएको छ भने नियमित रुपमा नास्ता र खानामा केरा समावेश गर्ने विद्यार्थीहरुको मस्तिष्क तीक्ष्ण हुने गर्छ र उनीहरुले परीक्षामा पनि राम्रो नतिजा ल्याउने गर्छन् । पोटासियमको मात्रा उच्च हुने तर नूनको मात्रा न्यून हुने कारणले नै केराले रक्तचाप सन्तुलित राख्न मद्दत गर्छ । यही कारण नै केराले मुटुको समस्या तथा हृदयघातबाट बचाउँछ ।

* केरामा आइरन (फलाम) पनि पर्याप्त मात्रामा पाइन्छ । सबैलाई थाहा भएकै कुरा हो कि खानेकुरामा पाइने फलामले रगतमा हेमोग्लोबिनको उत्पादन बढाइदिन्छ र त्यस्ता खानेकुराहरुले हामीलाई एनिमिया (रक्तअल्पता अर्थात् शरीरमा रगत कम हुने) रोगबाट पनि बचाउँछ ।

* त्यसै गरी, महिनावारी हुँदा महिलाको पेट बाउँडिने समस्यामा पनि केराको सेवनले फाइदा गर्ने गर्छ ।

* कुनै तनाव र थकान पैदा गर्ने काम गर्नुपर्ने अवस्थामा आयो भने दुईवटा केरा खाइदिनुपर्छ । त्यसले हाम्रो शरीरमा आवश्यक शक्ति र ग्लुकोजको मात्रा आपूर्ति भएर त्यो स्थितिबाट बचाउँछ ।

* मांसपेशीहरु बाउँडिने तथा रात्रीसमयमा खुट्टा बाउँडिने समस्या छ भने पनि केराको नियमित सेवनले ठीक हुन्छ ।

* केराले पिसाबबाट क्याल्सियम खेर जान दिँदैन तथा खानेकुराहरुबाट क्याल्सियम सोस्ने क्षमता बढाएर शरीरको हड्डी मजबूत बनाउन सहयोग गर्छ ।

* केरामा पेक्टिन उच्च मात्रामा पाइन्छ । पेक्टिनले खानेकुराहरु पचाउन मद्दत गर्नुका साथसथै शरीरका विकार तथा अपच्य खनिजहरु शरीरबाट निस्कासन गर्न सहयोग गर्छ । केराले हाम्रो आमासयमा हितकारी व्याक्टेरियाहरुको बृद्धिमा सहयोग गर्नुका साथै पाचन रसहरुको उत्पादन बृद्धि गराएर खानेकुराहरुबाट पोषण सोस्न समेत मद्दत पुर्याउँछ । केरामा उच्च मात्रामा पाइने फाइबरहरुले कब्जियत हटाइ पाचन प्रक्रियालाई नियमित गर्न सहयोग गर्छ ।

* झाडा लागेको बेलामा हाम्रो आन्द्रा कमजोर भएको हुन्छ । त्यस अवस्थामा केराको सेवनले पाचन नलीहरुलाई आराम पुर्याउनुका साथै झाडाका कारण शरीरबाट गुमेको इलेक्ट्रोलाइटहरुको पुनः आपूर्ति समेत गराउँछ ।

* केरामा प्राकृतिक रुपमा एसिड प्रतिरोधी क्षमता (Antacid) हुन्छ । त्यसैले यसको सेवनले ग्यास्टिक, छात्तीको जलन जस्ता समस्यामा राहत पुग्छ । केरा मात्रै तयस्तो एउटा फल हो, जसले अल्सरको समस्यामा पनि राहत दिन्छ । विशेष गरेर अल्सरको विरामीमा केराले हाम्रो आमाशयका पत्रहरुलाई पाचन रसले क्षति पुर्याउनबाट बचाउँछ ।

* केरामा एन्टिअक्सिडेन्ट तत्व पर्याप्त मात्रामा पाइन्छ । फलतः यसको नियमित सेवनले हाम्रो शरीर भित्र विकारहरु जम्न पाउँदैन भने मृगौलाको क्यान्सर लगायत अन्य घातक रोगहरु लाग्ने सम्भावना पनि न्यून गराउँछ ।

* ज्वरो आएको बेलामा गर्मीको बेलामा केराको सेवन गर्ने हो भने त्यसले शरीरको तापक्रम न्यून गराउन मद्दत पुर्याउने कुरा विभिन्न अध्ययनहरुले देखाएको छ ।

* मुसा आएको भागमा केराको बोक्राको भित्री भाग खुर्केर टेप लगाइदिने हो भने विस्तारै मुसा हराएर जान्छ ।

* केरामा पाइने एउटा प्रमुख तत्व फाइटोस्टिरोल हो । यो तत्वले रगतमा खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्नु उपयोगी हुनेगर्छ ।
अनुसन्धानकर्ताहरुका अनुसार फाइटोस्टिरोल र कोलेस्ट्रोलको बनावट तथा शरीरमा पच्ने प्रक्रिया एउटै खालको हुने गर्छ । हाम्रो खानामा फाइटास्टिरोलको मात्रा बढी हुँदा शरीरले खानेकुराबाट कम क्यालेस्ट्रोल सोस्ने गर्छ । फलतः शरीरमा खराब कोलेस्ट्रोलको मात्रा नियन्त्रित भई मुटु रोग लाग्नबाट समेत बचाउँछ । फाइटोस्टिरोल अल्माइजर (बुढौलीमा स्मृति क्षीण हुने) रोगमा समेत उपयोगी हुने संकेत अनुसन्धानहरुबाट देखिएको छ ।

Source: ratopati.com

Leave a Reply