डिभीको नतिजा मंगलबार आउँदै छ

अमेरिकन सरकारले इ-डिभी लटरी २०१६ को नतिजा मंगलबार सार्वजनिक हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

सन् २०१४को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म डाभर्सिटी भिसा प्रोग्राम अन्तरगत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट भोलि निस्कन लागेको हो ।

नेपालस्थित अमेरिकन दूतावासले साजाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै यस्तो जानकारी दिएको हो। डिभी प्रोग्रामबाट सन् २०१६ मा अमेरिका जान चाहानेले भरेको आवेदनको रिजल्ट भोलि मंगलबार सार्वजनिक हुने बताएको छ।

दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न आग्रहसमेत गरेको छ।

Source: Seto Pati

Leave a Reply