तपाईलाई जलविद्युत् कम्पनीको कति कित्ता शेयर पर्यो ? (पुर्ण नतिजासहित)

जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)ले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँड गरेको छ । कम्पनीले शेयर निष्काशन गरेको ६९ दिनपछि बाँडफाँड गरेको हो । कम्पनीको शेयरमा आवेदन दिने कुल ३ लाख चार हजार ६ सय ५ (कर्मचारी तथा सामुहिक लगानी कोष सहित) आवेदकमध्ये रद्ध भएका ५ सय ३४ जना बाहेक सबैले शेयर पाएका छन् । नतिजा …

कम्पनीले ५३४ जना आवेदकको आवदेन रद्ध भएको जनाएको छ । ती मध्ये अधिकांश दोहोरो आवेदन दिने आवेदक रहेका छन् ।  कम्पनीले ५ हजार रुपैयाँ बराबरको आवेदन दिनले १० कित्ता र अधिकत्म ५० करोड रुपैयाँ बराबरको आवेदन दिनेले १ लाख ४४ हजार ८ अठार कित्ता शेयर पाएका छन् । कम्पनीको सेयरका लागि न्युनतम ५० कित्तादेखि ८० कित्तासम्म आवेदन दिनेले जनही १० कित्ता पाएका छन् । ९० देखि ५०० कित्तासम्म भर्नेले ११.४० प्रतिशतका दरले शेयर पाएका छन् भने त्यसमाथि आवेदन दिनेले २.९ प्रतिशतका दरले सेयर पाएका छन् ।

जलविद्युत कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोष तथा सहायक निष्काशक एनएमबी क्यापिटल र एनसीएम मर्चेण्ट बैकिंग लिमिटेडले मेरोलगानीलाई उपलब्ध गराएको डाटा हो । यसमा शुन्यबाट सुरु भएको एप्लिकेशन नम्बरको डाटा हाल्ने क्रममा शुन्य राखिएको छैन । तसर्थ शुन्य नम्बरबाट सुरु भएका आवेदकले शुन्य पछिका नम्बर राखेर नतिजा हेर्नु पर्नेछ ।

 

तपाई रद्ध भएको ५ सय ३४ जनाको सुचीमा त हुनुहुन्न ?    नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्  PDF फाइलमा एकै पटक Ctrl + F दबाएर एप्लिकेसन नम्बर राखेर Enter दबाउनुहोस् ।

यस क्रममा एकै पटकमा विबरण उपलब्ध नहुने भएकाले शुन्यबाट आवेदन नम्बर सुरु भएकाहरुले आफ्नो नम्बर नदेखिएसम्म निरन्तर इन्टर बटन दबाईराख्नु पर्नेछ । केही कारणले शुन्यबाट सुरु भएका एप्लिकेशन नम्बरको विबरण प्रष्ट नभएमा नागरिक लगानी कोष तथा सहायक निष्काशकहरु एनएमबी क्यापिटल र एनसीएम मर्चेण्ट बैकिंग लिमिटेडमा सम्पर्क राख्नु होला ।

सबै शेयरधनी महानुभावहरुलाई मेरो लगानीको तर्फबाट बधाई !!!

Source: Mero Lagani