प्रहरी हत्यामा संलग्न शंकास्पद दशजना पक्राउ

मनुवा गाविस-६ सिमल चौराहमा सोमबार डिउँटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्का बहादुर चौधरी, मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ बर्षीय राम प्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय राम जनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी, भजनि–५ बस्ने ४१ बर्षीय प्रेम बहादुर चौधरी रहेका छन्।

प्रदर्शनका क्रममा सोमबार प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा  सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो।

Source: Seto Pati