बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा अागजनी

सलमान खान

२२ भदौ, भैरहवा । रुपन्देहीमा बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले एक ट्रकमा आगजनी गरेका छन् ।
सोमबार राति लुम्बिनीतर्फ जाँदै गरेको ना ३ ख ६००० नम्बरको ट्रकमा कमहरिया ८ गुण्डीमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले रातिको समयमा स्कटीङ्ग गरेर ट्रकहरुलाई लुम्बिनीको उद्योग क्षेत्रसम्म पुराएको थियो ।

तर उक्त ट्रकका चालकले कसैलाई जानकारीनै नदिई उद्योग क्षेत्रबाट लुम्बिनी तर्फ गइरहेको अवस्थामा बन्दकर्ताहरुले गुण्डीस्थित दानव पुलमा ट्रकलाई रोकेर आगजनी गरेको रुपन्देहीका डिएसपी रामेश्रवर कार्कीले जानकारी दिए । ट्रकमा आगजनी गर्नेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Source: Online Khabar