भत्केको घरमा पस्दा पुरिएकी एक महिलाको जीवितै उद्दार

भत्केको घरमा पस्दा पुरिएकी एक महिलाको जीवितै उद्दार

19 वैशाख, काठमाडौं । काठमाडौंको साँखुमा भूकम्पले क्षति पुगेको घरभित्र समान लिन जाने क्रममा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको ।

संखरापुर नगरपालिका ११ साँखुको शाल्खा टोलकी ४५ वर्षीया माया विष्ट भूकम्पले क्षति पुगेको आफ्नो घरभित्र सामान निकाल्न गएकी थिइन् ।

त्यहीबेला घर भत्किएपछि उनी भित्रै पुरिइन् । भत्किएको घरको भग्नावशेषले उनको टाउकोबाहेक सबै पुरिएको थियो ।

उनलाई नजिकै रहेको सशस्त्र प्रहरीको टोलीले झण्डै ४५ मिनेटमा उद्दार गरेको छ ।

उनको गोडा र शरीरका विभिन्न भागमा चोट लागेको छ । विष्टको मलेसियन स्वास्थ्य शिविरमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

भत्केको घरमा पस्दा पुरिएकी एक महिलाको जीवितै उद्दार

भत्केको घरमा पस्दा पुरिएकी एक महिलाको जीवितै उद्दार


source:online khabar

Leave a Reply