भूकम्पको धक्का जानेक्रम जारी

१९ वैशाख, काठमाडौं । भूकम्प गएको एक हप्ता बितेपनि भूकम्पका धक्का आउने क्रम जारी रहेको छ । शनिबार बिहान नौ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको छ ।

त्यस्तै शनबिार बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केल र ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टर स्कल भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै गत शनिबारदेखि हालसम्म चार रेक्टरभन्दा माथिको १२१ वटा भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मकरुपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

उनका अनुसार भूकम्पको धक्का क्रमशः न्युन हुँदै गएको र छ रेक्टरभन्दामुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले स-साना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन ।

ठूलो भूकम्प गएका कारण चार रेक्टर स्केलभन्दामुनिका स-साना भूकम्पको धक्का आइरहने भए पनि यसले कुनै क्षति नपुग्ने केन्द्रका प्रमुख अधिकारीको भनाइ छ । रासस

Leave a Reply