भूकम्पको भविष्यवाणी हुदैन , Nobody can predict the Earthquake

अहिलेसम्म संसारमा भूकम्पको भविष्यबाणी कसैले गर्न सकेको छैन । यो गर्न पनि सकि“दैन । सिद्धान्ततः विज्ञानले भविष्यवाणीलाई अस्वीकार गर्छ । भूकम्पको भविष्यवाणी गर्ने कुनै प्रविधिको विकास भएको छैन ।
सायद अब हुन पनि कठिन छ । अनुमानसम्म गर्न सकिएला । जापान र चीनमा सर्पहरू एकैपटक दुलाबाहिर आए भने, आकाशमा ठूलो संख्यामा चरा उडे भने, कुकुर भुक्यो भने, गाईवस्तु करायो भने भूकम्प आउन लागेको अनुमान गरिन्छ । तर, विज्ञानले ती घटनालाई भूकम्प आउने संकेतका रूपमा स्वीकार गर्न सक्दैन र होइन पनि । कुनै बेला संयोग परेको भए बेग्लै कुरा हो ।
अहिले जसरी भूकम्पका विभिन्न भविष्यबाणी भइरहेका छन्, ती सबै निराधार हल्ला हुन् । यस्तो गलत हल्लाको पछि लाग्न जरुरी छैन । भूकम्प कहिले आउ“छ र कति क्षमताको आउ“छ भन्ने कुरा संसारमा मै हु“ भन्ने वैज्ञानिकले समेत गर्न सकेका छैनन् । भूकम्प तीन चरणमा आउ“छ । पहिला पूर्वसंकेतका रूपमा सानो आउ“छ । त्यसको झड्का महसुस गर्न सकि“दैन ।
दोस्रो चरणमा आउने मुख्य झड्का हो । शनिबार आएको ७.६ रेक्टर स्केलको भूकम्प मुख्य झड्का थियो । त्यसपछि आउने सहायक भूकम्प हो । अहिले पटकपटक आइरहेको भूकम्प सहायक भूकम्प हो । यसलाई आफ्टर सक भनिन्छ । मुख्य धक्का महसुस भएको ७२ घण्टासम्म सहायक धक्का आइरहन सक्छन् । तर, एउटा कुरा के पक्का हो भने सहायक धक्का मुख्य धक्का जत्रो वा त्यो भन्दा ठूलो कहिल्यै आएको पनि छैन र आउन पनि सक्दैन ।
मैले भूकम्प विषयमा जापानबाट पिएचडी गरेको छु । मेरो अध्ययनका आधारमा शतप्रतिशत दाबीका साथ भन्न सक्छु कि अब ७. ६ रेक्टर स्केल वा त्योभन्दा बढी क्षमताको भूकम्प आउ“दैन । अहिले क्रमसः भूकम्पको संख्या र क्षमता घट्दै गएको छ । भएको त्यही नै हो । अब आउने भूकम्पले त्यति क्षति पनि गर्न सक्दैन । तर, सुरुवाती झड्काले कमजोर भएका भौतिक संरचना भत्किन सक्छन् ।
धेरै नै क्षति भएको घरमा नबस्नु ठीकै हो । तर, सामान्य क्षति पुगेको घर छ भने मज्जाले घरमै सुते केही फरक पर्दैन । किनभने भूकम्प आफैंले मानिस मार्दैन । भूकम्प जा“दा भत्किने मानव निर्मित भौतिक संरचनाले गर्दा मानिसको ज्यान जाने हो । बरु सचेत केमा हुन जरुरी छ भने स्वास्थ्यका बारेमा । मरेका मानिसका शवहरू अझै घटनास्थल वा अस्पतालहरूमा बेवारिसे अवस्थामा छन् ।
तिनीहरू गन्हाउन थालेका छन् । हजारौं मानिस घरबाहिर बस्दा वातावरण प्रदूषित भएको छ । मानिसहरूमा रुघा, खोकी, ज्वरो, निमोनियाँजस्ता रोगका संक्रमण फैलन सक्छ ।
Dr. Dipak Raj bhat

Leave a Reply