भोली र पर्सीको आमहड्ताल फिर्ता

तिस  दलीय मोर्चाको अहिले साँझ बसेको बैठकले बुधबार

तिस दलीय मोर्चाको अहिले साँझ बसेको बैठकले बुधबार(photo:setopati)

एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले भोलि र पर्सीका लागि तय गरिएको आमहड्तालको कार्यक्रम फिर्ता लिएको छ । मोर्चाको मंगलबार साँझ सम्पन्न बैठकले आम हड्ताल फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजक प्रचण्डले बन्दको कार्यक्रम फिर्ता लिनेसहितको २ बुँदे निर्णय भएको बताए । उनले आद्योगी व्यवसायीदेखि आम सर्वसाधारणको आग्रहलाई मध्यनजर गर्दै बन्द फिर्ता लिएको जानकारी दिँदै जबरजस्ती प्रक्रियालाई अघि बढाउने सरकारको प्रयासविरुद्ध निरन्तर संघर्ष भने जारी रहने सो अवसरमा बताए । बैठकमा प्रचण्डले बन्दका कार्यक्रम फिर्ता लिनेसहितको प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा केहि मधेसवादी दलका नेताहरुको विरोधका बाबजुत पारित भएको बताइएको छ । केहि मधेसवादी दलहरुले आमहड्ताल फिर्ता लिन नहुने भन्दै बैठकमा विरोध गरेको बताइन्छ । – news source: Seto Pati

भोली र पर्सीको आमहड्ताल फिर्ता

भोली र पर्सीको आमहड्ताल फिर्ता(photo:online khabar)

 

Leave a Reply