मस्यौदा जलाउँदै तीन बजेपछि नेपाल बन्द सकिने

Nepal Banda

७ भदौ, काठमाडौं । आदिवासी जनजाति महासंघले आह्वान गरेको आमहड्ताल दिउँसो तीन बजेपछि सम्पन्न गर्ने भएको छ । काठमाडौंको कलंकी र चावहिलमा प्रदर्शनसहित संविधानको मस्यौदा जलाएर आम हडताल समापन गर्ने कार्यक्रम छ ।

पहिचानको आधारमा नामांकन र सीमांकनसहितको संघीयता हुनुपर्ने, धर्मनिरेपक्षता कायम राख्नुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली लागु गर्नुपर्ने, आदिवासी जनजातिको अधिकारलाई मौलिक हकमा राख्नुपर्नेलगायतको माग राखेर महासंघले आइतबार र सोमबार दुईदिने आमहड्ताल आह्वान गरेको छ ।

आमहड्तालको प्रभाव काठमाडौं उपत्यकामा आंशिक रुपमा परे पनि उपत्यकाबाहिरका जिल्लाहरुको जनजीवन कष्टकर भएको छ ।

Source: Online Khabar