वीरगञ्जमा अस्पताल भित्रै गोली चल्यो, ३ घाइते

वीरगञ्जमा अस्पताल भित्रै गोली चल्यो, ३ घाइते

१५ भदौ, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज परिसरभित्र गोली चल्दा तीनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा विनोद महतो, प्रहरी जवान नरेन्द्र चौधरी र आइतबरियादेवी छन् । उनीहरुको खुट्टामा रबरको गोली लागेको छ । चौधरी अस्पतालमा खटिएका प्रहरी जवान हुन् भने महतो कार्यालय सहायक हुन् । आइतबरिया देवी अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।

अस्तपताल हाताभित्रै गोली चलेर मानिसहरु घाइते भएपछि वातावरण आतंकित भएको छ । अस्पतालका चिकित्सक, कर्मचारीहरु आक्रोशित भएका छन् ।

यसअघि मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जस्थित कर कार्यालयमा आगजनी गरेका थिए । आगजनी गरेको समूह भाग्दै अस्पताल तर्फ गएपछि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । तर प्रहरीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

Source: Online Khabar