वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ घाइते

वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ घाइते

भदौ, बीरगञ्ज । पर्साको वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । वीरगञ्जको नगवाचोक क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड हवाइ फायर गरेको छ ।

झडपमा ८ जना घाइते भएका छन् । घाइतेहरुहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

बाइपास सडकको नगवा चोकमा मोर्चाका कार्यकर्ताहरुले सडक अबरुद्ध पारेर विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भैरहेको छ ।

Source: Online Khabar