Powerful earthquake with 5.5 magnitude occured

माघ २२, २०७२- लामो समयपछि भूकम्पको ठूलो धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ठूलै धक्का गएपछि सर्वसाधारण घरबाहिर निस्किए ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा राम्रै महसुस भएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहारमा पनि धक्का महसुस भएको थियो ।

Powerful earthquake with magnitude 5.5 occurred near Sindhupalanchok ep center right at 10 :05 pm