I will Come Nepal again with great program – (Kapil) Comedy Nights with Kapil

Translated in Nepali Language

Comedy Nights with Kapil

Comedy Nights with Kapil

२७ मंसिर, काठमाडौं । शनिबार रशरथ रंगशालनमा हुने तय भएको कार्यक्रम स्थगित भएपनि भारतका चर्चित कमेडियन कपिल शर्माले काठमाडौं आए ।

‘कार्यक्रम स्थगित भएको ५० प्रतिशत दुःख र काठमाण्डौ आउन पाएकोमा ५० प्रतिशत खुसी लागेको छ’ शनिवार साँझ काठमाण्डौमा नेपाली संचारकर्मीसँग कुरा गर्दै भने ।

आफूलाई मन पर्ने ठाउँ भएकाले कार्यक्रम रद्द भए पनि काठमाडौं आएको उनले बताए ।

चर्चित टेलिभजन शो ‘कमेडी नाइट विथ कपिल’का दादी (अली अस्गर) र राजुको साथमा काठमाडौं आएका कपिलले कार्यक्रम रद्द भएकोमा दुःख व्यक्त गर्दै साथै उनले नेपाली दर्शकहरुका लागि छिट्टै अर्को कार्यक्रम लिएर आउने बताए ।

‘धेरै मानिसहरुलाई भेट्ने यो उपयुक्त मौका थियो । तर हुन सकेन’ उनले भने-‘नेपाली दर्शकका लागि हामी छिट्टै केही गर्छौं ।’

सुरक्षाका कारण आफ्नो कार्यक्रम स्थगित भएको जानकारी पाएको भन्दै उनले भने-‘कार्यक्रम स्थगित भएकोमा दुःख लागेको छ । तर, सुरक्षा पनि मुख्य कुरा हो । कार्यक्रम स्थलमा केही समस्या रहेछ । कार्यक्रम भएर त्यहाँ कुनै भागदौड भइदिएको भए नराम्रो हुन सक्थ्यो ।’

Source: onlinekhabar.com

Leave a Reply