अर्को शक्तिशाली झट्का, आज मात्र चौथो भूकम्प

१२ बैशाखको भयानक भुकम्पपछि पनि जारी रहेको भूकम्पका पराकम्पन मध्ये आइतबार दिउसो ३ बजेर २३ मिनेटमा दिनभरीकै सबै भन्दा शक्तिशाली झट्का गएको छ ।

नेपालमा भयानक भूकम्प भएको १६ दिन वितिसक्दा पनि पराकम्पनको क्रम रोकिएको छैन । आइतबार मात्र यो समाचार तयार पार्दा सम्म ४ वटा पराकम्पन महसुस भैसकेको छ ।

आइतबार विहान ११ बजेर ८ मिनेटमा रसुवा केन्द्र विन्दु भएको ४ रोक्टर स्केलको भूकम्प मापन गरेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसैगरी केन्द्रका अनुसार आज विहान नै विहान ६ बजेर ३४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र विन्दु भएको ४ दशमलव ४ रोक्टर स्केलको भूकम्प मापन गरिएको र दिउसो १ बजेर ५० मिनेट जाँदा नेपाल-तिब्बत केन्द्रविन्दु रहेको ४ दशमलव २ रोक्टोर स्केलको भूकम्प भएको छ ।

पछिल्लो भूकम्पको मापन आउन बाँकि छ ।

यसैबीच भूकम्पका कारण निधन हुनेको संख्या आठ हजार नाघेको नेपाल प्रहरीले जनाएको छ । आइतबारसम्ममा मृत्यु हुनेको संख्या ८ हजार १९ जना र घाइतेको संख्या १६ हजार ३३ जना पुगेको छ ।

भूकम्पका कारण सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ । प्रहरीका अनुसार भुकम्पका कारण नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७० जनाको भृत्यु भएको छ भने नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्या समेत घाइते भएका छन् ।

त्यसैगरी नेपाल प्रहरी १ जना, नेपाली नागरिक २५४ र विदेशी नागरिक १११ जना हराइरहेका छन् । आठ हजार नाघेको छ । नेपाल प्रहरीका अनुसार आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या आठ हजार १९ जना र घाइतेको संख्या १६ हजार ३३ जना पुगेको छ ।
Source: Hamro Sandesh

Leave a Reply