Suvarchala Temple – Khammam, India

Shree Suvarchala and Shree Hanuman
Suvarchala temple in Khammam, India

Suvarchala temple in Khammam, India


ADDRESS

Near DSP OFFICE,
Beside S&PC security office,GM office road,
YELLANDU,( 1 Km away from bus stand)
KHAMMAM DISTRICt, 507124

TIMINGS OF TEMPLE: 

Morning: 6:00am to 10:00am

Evening: 6:00pm to 8:30pm

Special days:

Tuesday: 6:00am to 12:30pm (morning)

6:00pm to 9:00pm

Saturdays: 6:00am to 11:30am (morning)

6:00pm to 8:30pm


Hanuman and Suvarchala orginal photo

Hanuman and Suvarchala orginal photo

Suvarchala and Hanuman inside temple

Suvarchala and Hanuman inside temple

Shree Suvarchala and Shree Hanuman

Sri Suvarchala and Sri Hanuman


ज्योतिष डा. सुनील सिटौला
आज प्रचलन अनुसार हनुमान जयन्ती मनाइँदै छ । हनुमान जयन्तीको तिथि कार्तिक कृष्ण चतुर्दशी र चैत्र शुक्ल पूर्णिमा दुवै दिनलाई मानिएको छ । धर्म शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपी वायु पुराणादी–अनुसार कार्तिक महिनाको चतुर्दशीका दिन हनुमान जयन्ती अधिक प्रचिलित छ ।

त्यसको साथ साथै हनुमानको विवाह एवम् पुत्रको बारेमा पनि शास्त्रमा फरक फरक मत भेटिन्छ । परासर सम्हितामा उल्लेख भएअनुसार हनुमानले सूर्य पुत्री शुभर्चलासँग विहे गरेका थिए । सामान्यतयाः हामी कहाँ हनुमानको पूजा पाठ गर्ने एवम् मन्त्र स्त्रोत पाठ गर्ने र यसबाट शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भुतप्रेत पिचासले दुःख नदिने भन्नेसम्म जनविश्वास छ ।

त्यस्तै हनुमान एवम् उनको पत्नीको दर्शन, पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह हट्ने जानेछ भन्ने पनि शास्त्रमा पाईन्छ । दक्षिण भारतमा हनुमान एवम पत्नी शुभर्चलाको प्राचिन मान्दिर छ । जहाँ टाढा टाढाबाट भक्तजनहरु जाने गर्दछ ।

नेपालमा पनि हनुमानको मन्दिर र मुर्ती मल्लकालदेखि नै भेटिन्छ । मल्लकालमा हनुमानको ठूलो महत्व थियो भन्ने कुरा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लले ‘हनुमदध्वज’ उपाधि लिएबाट थाहा पाइन्छ । यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको थियो । उपत्यकामा मात्र हनुमानको महत्व नभई बाहिरका राज्यमा समेत हनुमान सम्प्रदायको लोकप्रियता थियो भन्ने कुरा गोरखाका राजा पृथ्वीपति शाहले आफ्नो दरबार नजिक हनुमानको मूर्ति बनाउन लगाएबाट थाहा पाइन्छ ।

मल्लकालपछि शाहकालमा पनि हनुमान सम्प्रदायको झन् व्यापकरूपमा विकास भएको कुरा काठमाडौँ उपत्यका विभिन्न ठाउमा बनेका राम मन्दिर र हनुमानका मूर्तिले पुष्टि गरेका छन् । मल्लकालमा जस्तै यसकालमा पनि हनुमानका मूर्तिहरूको पूजा गर्ने हेतु उही थियो र यसकालमा हनुमानलाई शुक्रबाट रक्षा गर्न स्थापना गर्नको साथै सङ्कटमोचकको रूपमा समेत लिएको देखिन्छ । साथै यिनैलाई कष्टमोचक सिद्धिदाताका रूपमा पनि पूजा गर्न थालियो ।

Article Source: Dainik Nepal